वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा.खनालको पदावधि पुरा
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा प्राडा गुरुप्रसाद खनालले आफ्नो ५ वर्षे पदावधि पुरा गरेका छन् । आफ्नो ५ वर्षे कार्यकालका दौरान खनालले नौ महिना कार्यवाहक उपकुलपतिको हैसियतमा समेत कार्यभार सम्हालेका थिए ।
बुधबार उपकुलपति कार्यालयको बैठक हलमा आयोजित बिदाइ कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले शिक्षाध्यक्षको रूपमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुका साथै प्रतिष्ठानका हितमा सदैव दिएको रचनात्मक साथ एवं सहयोगका लागि डा. खनाललाई हार्दिक धन्यवाद ज्ञापन गरे ।
उक्त अवसरमा खनालले आफू प्रतिष्ठानको स्थायी सेवामा रहेको फ्याकल्टी भएकाले शिक्षाध्यक्ष पदको कार्यकाल पुरा भएपनि प्रतिष्ठानको सेवामा नै रहिरहने हुँदा प्रतिष्ठानको हित र विकासका लागि आफू उक्त पदमा नरहे पनि सदैव क्रियाशील रही सहयोग गरिरहने विश्वास दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण