सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता
शनिबार, २९ असोज २०७९, १० : २३
सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका छन ।
निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित अनुरुप मन्त्री चौधरीले शुक्रबारदेखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए ।
मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धामा छन् । एमालेकी शान्ता चौधरी र नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएकी गंगा चौधरीसँग उनको प्रतिष्पर्धा हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण