मनोनयन दर्ता गरेसँगै तेह्रथुमका उम्मेदवार चुनावी अभियानमा
मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरू चुनावी अभियानमा जुट्न थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न तेह्रथुममा रहेका दलहरु एजेन्डासहित गाउँगाउँ पुग्न थालेका छन् ।
जिल्लामा रहेका सत्ता गठबन्धन दल, एमाले, लिम्बुवान, जनमोर्चा र स्वतन्त्र पार्टी लगायतका उम्मेदवार कार्यकर्ता भेटघाटमा व्यस्त हुन थालेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्ला नेतृत्वसहित गठबन्धन दल तथा एमालेले चुनावी अभियानलाई तीव्रता दिएका हुन् ।
प्रतिनिधिसभामा कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ उम्मेदवार बन्नुभएको छ । निर्वाचन क्षेत्र (क) मा कांग्रेसका सन्तोष सुब्बा र (ख) मा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईँ उम्मेदवार रहेका छन् । एमालेबाट प्रतिनिधिसभामा एमाले निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष विजय सुब्बा, निर्वाचन क्षेत्र (क) मा किशोरचन्द्र दुलाल र (ख) मा तेजमान कन्दङवाको उम्मेदवारी रहेको छ ।
कांग्रेस केन्द्रीय सदस्य गुरुङले तेह्रथुमलाई विकास र समृद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताए । एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार सुब्बाले आफ्नो उम्मेदवारी जिल्लालाई विकास निर्माणमा नुमना जिल्ला बनाउनका लागि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण