प्रतिद्वन्द्वीसँग सहकार्य गरेर चुनाव जित्ने दाउमा देउवा
सत्तारुढ गठबन्धनका मुख्य नेतासमेत रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन पटक आफूसँग पराजित माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिएका छन् । डडेल्धुरामा गठबन्धन नगरेर स्वच्छ प्रतिस्पर्धा गर्ने नेपाली कांग्रेस जिल्ला कार्यसमितिको निर्णय विपरित पछिल्ला तीन पटकका निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी रहेका भट्टलाई प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट गठबन्धनको उम्मेदवार बनाएका प्रधानमन्त्री देउवाले माओवादीसँग सहकार्य गरेर चुनाव जित्ने रणनीति बनाएका हुन् ।
प्रधानमन्त्री देउवाले मात्रै होइन, उनीसँग प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका नेपाली कांग्रेस (विपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पनि २०७४ सालको निर्वाचनमा आफूसँग प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा झिनो मतले पराजित डा तारा जोशीसँग सहकार्य गरेका छन् ।
शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस (विपी) का तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार मल्ल र सत्तारुढ गठबन्धनबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य डा जोशीले चुनावी तालमेल गरेर प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनलाई पराजित गर्ने उद्घोष गरेका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण