युक्रेनलाई दिँदै आएको निःशुल्क इन्टरनेट सेवा नरोक्ने मस्कको घोषणा
अमेरिकी धनाढ्य एलन मस्कले छिमेकी रुसको सैन्य हमलासँग भिडिरहेको युक्रेनलाई दिँदै आएको निःशुल्क इन्टरनेट सेवा जारी राख्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत युक्रेनलाई निःशुल्क रूपमा दिँदै आएको इन्टरनेट सेवा नरोक्ने बताएका हुन् ।
यसअघि, स्टारलिंकको दैनिक खर्च बढेको भन्दै मस्कले सेवा रोक्ने चेतावनी दिएका थिए । उनले मासिक २ करोड अमेरिकी डलरसम्म खर्च आउने भएकाले युक्रेनलाई दिँदै आएको इन्टरनेटको शूल्क अमेरिकी सरकारले तिरोस् भन्ने चाहन्थे । यही अपेक्षासहित उनले भावी दिनमा यो सेवा जारी राख्न नसकिने भन्दै ट्वीट गरेका थिए ।
त्यसक्रममा उनले खर्च बढेको तथा रुसी साइबर आक्रमणकारीहरूको हमला बढेको बताएका थिए । मस्कले अघिल्लो महिनादेखि युक्रेनलाई निःशुल्क इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन् । रुसी सेनाले युक्रेनको इन्टरनेट प्रणाली ध्वस्त बनाएपछि उनले स्याटलाइटमा आधारित इन्टरनेट सेवा दिँदै आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण