सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ स्टक र ब्रोकर लाइसेन्सको प्रक्रिया रोकिन सक्ने

आइतबार, ३० असोज २०७९, १२ : ४१
आइतबार, ३० असोज २०७९

निर्वाचन आयोगले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स, कमोडिटी बजारको लाइसेन्स र लघुबीमा कम्पनीहरुको नयाँ लाइसेन्स खुलाएकोमा सम्बन्धित निकायसँग स्पष्टिकरण माग गरेको छ । आयोगले निर्वाचन आचारसंहिता लागिसकेपछि नयाँ लाइसेन्सको आवेदन माग भएको भन्दै स्पष्टिकरण माग गरेको हो ।

आयोगले शनिबार नेपाल धितोपत्र बोर्ड, बीमा समिति र अर्थमन्त्रालयलाई एक पत्र लेख्दै आचार संहिता लागेको समयमा खुलेको लाइसेन्स प्रक्रियालाई किन्ने नरोक्ने भनि स्पष्टिकरण माग गरिएको हो । आयोगले ति निकायहरुलाई तिन दिनभित्र स्पष्टिकरण पेस गर्न निर्देशन दिएको हो । 

निर्वाचन आचारसंहिता सुरु भइसकेपछि नियमविपरीत लाइसेन्स प्रक्रिया खोलिएको भन्दै यसलाई रोक्न केही दिनअघि निर्वाचन आयोगमा उजुरी परेको थियो । चित्तबुझ्दो जवाजल नआएमा नयाँ स्टक र ब्रोकर लाइसेन्सको प्रक्रिया रोकिन सक्ने आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप