नयाँ स्टक र ब्रोकर लाइसेन्सको प्रक्रिया रोकिन सक्ने
निर्वाचन आयोगले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स, कमोडिटी बजारको लाइसेन्स र लघुबीमा कम्पनीहरुको नयाँ लाइसेन्स खुलाएकोमा सम्बन्धित निकायसँग स्पष्टिकरण माग गरेको छ । आयोगले निर्वाचन आचारसंहिता लागिसकेपछि नयाँ लाइसेन्सको आवेदन माग भएको भन्दै स्पष्टिकरण माग गरेको हो ।
आयोगले शनिबार नेपाल धितोपत्र बोर्ड, बीमा समिति र अर्थमन्त्रालयलाई एक पत्र लेख्दै आचार संहिता लागेको समयमा खुलेको लाइसेन्स प्रक्रियालाई किन्ने नरोक्ने भनि स्पष्टिकरण माग गरिएको हो । आयोगले ति निकायहरुलाई तिन दिनभित्र स्पष्टिकरण पेस गर्न निर्देशन दिएको हो ।
निर्वाचन आचारसंहिता सुरु भइसकेपछि नियमविपरीत लाइसेन्स प्रक्रिया खोलिएको भन्दै यसलाई रोक्न केही दिनअघि निर्वाचन आयोगमा उजुरी परेको थियो । चित्तबुझ्दो जवाजल नआएमा नयाँ स्टक र ब्रोकर लाइसेन्सको प्रक्रिया रोकिन सक्ने आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण