यस्तो छ ‘लाखे’ को आइटम गीत
कात्तिक १८ गतेबाट प्रदर्शनमा आउँने फिल्म ‘लाखे’ को आइटम गीत ‘तिम्रो पिरेम’ सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार अनुपविक्रम शाही र आर्यन अधिकारी लगायतको अभिनय देख्न सकिन्छ ।
हर्कुलस बस्नेत र सदीक्षा कट्टेलको स्वर रहेको गीतको शब्द संगीत गायक बस्नेत स्वयंको हो । गीत ‘लुट २’को ‘ठमेल बजार’ शैलीमा बनाइएको छ । फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बालकलाकार सिस्टम भण्डारी लगायत कलाकारहरुको मुख्य भूमिका रहेको फिल्ममा सौरभ लामाको छायांकन र सन्देश शाहको सम्पादन छ ।
सम्राट बस्नेतको निर्देशन रहेको फिल्म एक्सन, सस्पेन्स, थ्रिलर जनरामा निर्माण भएको हो । सिजन अर्यालको कथा तथा निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी हुन् । कार्यकारी निर्माता हरि मल्ल ठकुरी रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण