कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा
लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामै परीक्षा सञ्चालन गरिएको छ । जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीले परीक्षा दिन जान नसकेपछि कक्षा १२ का लागि जिल्लामै परीक्षा केन्द्र कायम गरिएको हो ।
गत असोज १९ गतेदेखिको अविरल वर्षाका कारण गएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको र जहाज पर्याप्त नआएपछि कक्षा १२ का २७ जना परीक्षार्थीहरूका लागि जुम्लामा परीक्षा केन्द्र तोक्न परीक्षा नियन्त्रण कार्यालयको स्वीकृति दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार परीक्षाको समयमा राजमार्ग पहिरोले अवरुद्ध भएको र हवाई जहाज अनियमित भएपछि विद्यार्थीको भविष्य अन्योलमा नहोस् भन्दै प्रशासनले विकल्पका लागि परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा बोर्डलाई विकल्पका लागि अनुरोध गरिएको थियो । सोहीअनुसार विपद्को समयमा परीक्षा नियन्त्रण कार्यालयले जुम्लामा स्वीकृति दिएको थियो । उनका अनुसार चन्दननाथ उच्च माध्यमिक विद्यालयमा ती विद्यार्थीको परीक्षा हुनेछ ।
परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अर्जुन रायमाझीका अनुसार कठिन परिस्थितिमा विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको अनुरोधमा जुम्लामा परीक्षा सञ्चालन गर्न अनुमति दिइएको पत्रसमेत पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण