एसपी सन्तोष खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता
सोमबार, ३१ असोज २०७९, १३ : २९
प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले सर्वोत्कृष्ट अनुसन्धानकर्ताको सम्मान पाएका छन् । विशेष ब्यूरोमा कार्यरत खड्कालाई ६७ औं दिवसको अवसरमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कृत गरेका छन् ।
‘मोतीलाल बोहरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार पाएका खड्काले ५१ हजार नगद र सम्मान पत्र प्राप्त गरेका हुन् । नेपाल प्रहरीमा खड्का काबिल अफिसरको रुपमा परिचित छन् । जिल्ला प्रहरी कार्यालयमा मोरङको कमाण्ड गरेका खड्कासँग उपत्यका अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरेको अनुभव छ । उनी संगठित अपराध र आतंकवाद सम्बन्धी अनुसन्धानमा जानकार मानिन्छन् ।
नेपाल प्रहरीले हरेक वर्ष प्रहरी दिवसको अवसरमा ‘उत्कृष्ट अनुसन्धानकर्ता’ को पुरस्कार प्रदान गर्दै आएको छ । यस पटकदेखि सो पुरस्कारको राशि पूर्व आईजीपी मोतिलाल बोहराले प्रायोजन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण