रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी तत्कालका लागि कायम
रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम राखेको छ । कार्यालयले सर्वोच्च अदालतको आदेशपछि उम्मेदवारी तत्कालका लागि कायम गरेको हो । यसअघि असोज २५ गते गुरुङको उम्मेदवारी उक्त कार्यालयले खारेज गरेको थियो ।
निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न. २ का निर्वाचन अधिकृत उदवीर नेपालीले सोमबार निकालेको सूचनामा गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगरिएको उल्लेख गरिएको छ । नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भएका गुरुङले उम्मेदवारी खारेज विरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण समेतको रिट निवेदन दर्ता गरेका थिए ।
‘निर्णय कार्यान्वयन नगर्नु, नगराउनु, यथास्थितिमा राख्नु भनि यस कार्यालयको नाममा अल्पकालिन अन्तरिम आदेश जारी भएको हुँदा उक्त आदेश बमोजिम यस कार्यालयबाट निज उम्मेदवार राजु गुरुङको उम्मेदवार खारेज गर्ने यस कार्यालयको मिति २०७९/०६/२५ मा भएको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राखिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ’ निर्वाचन अधिकृतको कार्यालयको सूचनामा भनिएको छ ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार गुरुङको उम्मेदवारी खारेज गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले अन्तरिम आदेशका निरन्तर हुने वा नहुने भन्ने विषयमा छलफल गर्न दुबै पक्षलाई कात्तिक २ गते बोलाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले चेक बाउन्स प्रकरणमा उच्च अदालत पाटनमा मुद्दा चलिरहेको भन्दै गुरुङको उम्मेदवारी बदर गरेको थियो। निर्वाचन कार्यालयको उक्त निर्णय बदर गरी आफ्नो उम्मेदवारी कायम गर्न माग गर्दै गुरुङले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण