तेहरानको इभिन जेलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ८ पुग्यो
सोमबार, ३१ असोज २०७९, २१ : ५३
तेहरानको इभिन कारागारमा शनिबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । थप चार कैदीको गम्भीर चोटका कारण अस्पतालमा मृत्यु भएको अर्ध सरकारी समाचार एजेन्सी तस्निमले सोमबार जनाएको छ ।
इरानी न्यायपालिकाको मिडिया सेन्टरलाई उद्धृत गर्दै बताइएअनुसार अन्य छ जनाको अझै अस्पतालमा उपचार भइरहेको छ।
घटनाको रात कारागारका अधिकारी, प्रहरी बल र आपतकालीन कर्मचारीले ७० भन्दा बढी थुनुवालाई आगलागीबाट उद्धार गरेको प्रतिवेदनमा उल्लेख छ । यसअघिका रिपोर्टहरूका अनुसार वार्डमा कैदीहरूबीच चोरी र आर्थिक अभियोगमा झडप भएपछि ठूलो आगो सल्किएको थियो जुन जेलको टेलरिङ कार्यशालामा समेत फैलिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण