नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीको अग्रता कायमै
गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र २४ कास्य पदकसहित कुल ९९ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले १९ स्वर्ण, १२ रजत र १८ कास्य पदक सहित ४९ पदक जितेको छ । अर्को विभागीय टिम एपिएफले १४ स्वर्ण, २० रजत र २५ कास्य पदकसहित कुल ५९ पदक जितिसकेको छ ।

यसैगरी वागमती प्रदेशले ११ स्वर्ण, १९ रजत र १५ कास्यसहित कुल ४५ पदक हात पारेको छ । गण्डकी प्रदेशले ८ स्वर्ण, ६ रजत र १६ कास्य पदकसहित ३० पदक जितेको छ ।
यता एनआरएनएले ४ स्वर्ण, ३ रजत ४ कास्य सहित ११ पदक, प्रदेश १ ले २ स्वर्ण ६ रजत र १६ कास्य सहित २४ पदक, मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ७ कास्य, लुम्बिनी प्रदेशले १ स्वर्ण, ७ रजत र ८ कास्य, सुदूर पश्चिम प्रदेशले १ स्वर्ण, १ रजत, १० कास्यसहित १२ पदक र कर्णाली प्रदेशले १ स्वर्ण, २ कास्य पदकसहित ३ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषदको आधिकारिक एप्समा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण