झापामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
सोमबार, ३१ असोज २०७९, २२ : २६
झापामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको हो । सोमबार साँझ बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित बेलडाँगीमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मे ३ प ५५८० नम्बरको मोटरसाइकल चालक झापा बाह्रदशीका अनिस साउदेन र मे ५ प १६०४ नम्बरका मोटरसाइकल चालक सोही स्थानका भोलाराज भुजेल, उनकी श्रीमती चन्द्रकला र छोरी प्रशना भुजेल घाइते भएकामा बीएण्डसी अस्पतालमा उपचारको क्रममा दुवै मोटरसाइकल चालकहरुको मृत्यु भएको हो ।
घाइते दुई जनाको अहिले बीएण्डसीबाट बिर्तामोड सिटी अस्पतालमा पठाइएको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण