सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
मङ्गलबार, ०१ कात्तिक २०७९, ११ : ५१
आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै हिजो सोमबारको तुलनामा सामान्य वृद्धि भएको जनाएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य ९३ हजार ३०० र तेजाबी सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार यसको मूल्य तोलामा ११ सय २० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण