सार्वजनिक सडक मिचेको आरोपमा गायिकामाथि कुटपिट
मङ्गलबार, ०१ कात्तिक २०७९, १२ : १३
ललितपुरको टिकाथलीमा गायिका बुनु उप्रेतीमाथि कुटपिट भएको छ । सार्वजनिक सडक मिचेको आरोपमा स्थानीयले उनलाई कुटपिट गरेका हुन् ।
महालक्ष्मी नगरपालिका–६ स्थित टिकाथलीमा आफ्नो घर अगाडीको सडकमा गायिका उप्रेतीले गमला राखेकी थिइन् । सडक मिचेर गमला राखेको भन्दै स्थानीयले वडा र प्रहरी वृत सातदोवाटोमा निवेदन दिएका थिए । सो विषयमा विवाद हुँदा स्थानीयले उनलाई आक्रमण गरेका हुन् ।
कुटपिट गर्नेहरु र पीडित गायिकाको बीचमा छलफल गराउने प्रयास गरिएपनि सोमबार उनी उपस्थित नभएको प्रहरी वृत सातदोवाटोका डिएसपी मदन केसीले रातोपाटीलाई बताए । उनले भने–‘अर्को पक्षले हामीकहाँ निवेदन दिएका छन्, पीडित पक्षलाई हामीले सम्पर्कमा आउन भनेका छौं ।’
गायिका उप्रेतीले गमला राख्न बाटोमा बनाएको संरचना वडा कार्यालयले भत्काएको स्थानीयहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण