नवौं खेलकुद : एपीएफ र पुलिस महिला फुटबलको स्वर्णका लागि भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब प्रदेश नम्बर १ लाई ३–० गोल अन्तरले हराउँदै फाइनल पुग्यो ।
पुलिसका लागि खेलको १३ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । निर्मला वि.कले खेलको १९ औं मिनेटमा दोस्रो गोल गर्दै पुलिसको लागि गोल संख्या दोब्बर बनाएकी थिइन । खेलको ८० औं मिनेटमा निर्मला उपाध्यायले तेस्रो गोल गर्दै पुलिसलाई जित दिलाएकी हुन् ।
आजै भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली आर्मीलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । एपीएफका लागि सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । उनले खेलको ५६औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाइन् । अब एपीएफ र पुलिसबीचको फाइनल खेल बिहीबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण