शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

युगान्डामा इबोलाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

मङ्गलबार, ०१ कात्तिक २०७९, २१ : ४०
मङ्गलबार, ०१ कात्तिक २०७९

युगान्डाको स्वास्थ्य मन्त्रालयले सोमबार इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच व्यक्तिको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या २४ पुगेको जनाएको छ । मन्त्रालयले अक्टोबर १६ सम्मको अद्यावधिकमा दुई नयाँ पुष्टि भएका घटनाहरू दर्ता गरेपछि पुष्टि भएका घटनाहरूको सङ्ख्या पनि बढेर ६० पुगेको बताएको छ । 

सेप्टेम्बर २० मा मुबेन्डेको केन्द्रीय जिल्लामा इबोला सङ्क्रमणको व्यापकता देखिएको थियो । सङ्क्रमण नियन्त्रणका लागि मुबेन्दे र छिमेकी कसण्डा जिल्लामा २१ दिनदेखि लकडाउन र राति कर्फ्यू लगाइएको छ सरकारले राजधानी कम्पाला सहरलाई पनि सम्भावित उच्च जोखिममा राखेको छ । (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप