उडिरहेको विमानभित्र सर्प भेटिएपछि...
बुधबार, ०२ कात्तिक २०७९, १० : २४
फ्लोरिडाको टम्पा सहरबाट न्यू जर्सीको उडानको अन्त्यमा विमानभित्र सर्प भेटिएको छ । उडानमा अप्रत्याशित ढंगले सर्प देखिएपछि यात्रुहरू आतंकित बनेका थिए। विमान अवतरण गरेलगत्तै नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलका कामदारहरूलाई सर्प समात्न बोलाइएको थियो ।
द वासिङ्टन पोस्टका अनुसार न्युयोर्क र न्यू जर्सीको बन्दरगाह प्राधिकरणले एक विज्ञप्तिमार्फत विमानस्थलको वन्यजन्तु सञ्चालन कर्मचारी र पोर्ट अथोरिटी पुलिस विभागका अधिकारीहरूले युनाइटेड फ्लाइट २०३८ बाट ‘गार्टर स्नेक’ हटाएर पछि जंगलमा छाडिदिएको जनाएका छन् ।
सर्पका कारण कोही पनि घाइते नभएको र उडान प्रभावित नभएको विज्ञप्तिमा जनाइएको छ । यात्रुहरूले चालक दललाई सर्पको बारेमा सचेत गराएको र एयरलाइन्सले स्थितिको ख्याल गर्न उपयुक्त अधिकारीहरूलाई बोलाएको युनाइटेडले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण