उडिरहेको विमानभित्र सर्प भेटिएपछि...
बुधबार, ०२ कात्तिक २०७९, १० : २४

फ्लोरिडाको टम्पा सहरबाट न्यू जर्सीको उडानको अन्त्यमा विमानभित्र सर्प भेटिएको छ । उडानमा अप्रत्याशित ढंगले सर्प देखिएपछि यात्रुहरू आतंकित बनेका थिए। विमान अवतरण गरेलगत्तै नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलका कामदारहरूलाई सर्प समात्न बोलाइएको थियो ।
द वासिङ्टन पोस्टका अनुसार न्युयोर्क र न्यू जर्सीको बन्दरगाह प्राधिकरणले एक विज्ञप्तिमार्फत विमानस्थलको वन्यजन्तु सञ्चालन कर्मचारी र पोर्ट अथोरिटी पुलिस विभागका अधिकारीहरूले युनाइटेड फ्लाइट २०३८ बाट ‘गार्टर स्नेक’ हटाएर पछि जंगलमा छाडिदिएको जनाएका छन् ।
सर्पका कारण कोही पनि घाइते नभएको र उडान प्रभावित नभएको विज्ञप्तिमा जनाइएको छ । यात्रुहरूले चालक दललाई सर्पको बारेमा सचेत गराएको र एयरलाइन्सले स्थितिको ख्याल गर्न उपयुक्त अधिकारीहरूलाई बोलाएको युनाइटेडले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी जोखिमको विश्लेषण गरी सुरक्षित यातायात सञ्चालनको व्यवस्था मिलाउन निर्देशन
-
जन्मदिनमा गायिका एलिना चौहान : बाँदरलाई केरादेखि मेहनतीलाई हजारका नोटसम्म
-
नेपालको खराब सुरुवात
-
टि ट्वान्टी आई सिरिज : स्कटल्याण्डले नेपाललाई दियो १९४ रनको लक्ष्य
-
चोर खोज्दै आएको भारतीय प्रहरीको टोली नागार्जुनबाट पक्राउ
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ