नवौं राष्ट्रिय खेलकुद : ४ गुणा १०० मिटर रिलेमा आर्मी र एपीएफलाई स्वर्ण
विभागीय टोली एपिएफको पुरुष र त्रिभुवन आर्मी क्लबको महिलामा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेको हो । बुधबार पोखरा रंगशालामा भएको महिला रिलेमा रमिता थारू, सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा सम्मिलित आर्मीले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।
गण्डकी प्रदेशको मनिषा अधिकारी, अनिशा भण्डारी, सबिना खातुन मिया र निशा घर्ती सम्मिलित टिमले ५२.७५ सेकेन्डको समय निकाल्दै रजत जित्दा बागमतीमा जनी दुलाल, स्वागत खाइजु, प्रकृति सुवाल र लुजाल अमात्य सम्मिलित बागमतीले ५२.७६ सेकेन्डसहित कास्य जितेका छन् ।

पुरुषतर्फ निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्र बहादुर पुलामी सम्मिलित एपीएफ टोलीले ४२.४४ सेकेन्डको समय निकाल्दै स्वर्ण जिते । आर्मीको जीवन चौधरी, बिबेक थारु, युवराज बिक, डिल्ली महतो सम्मिलित टोलीले ४२.६० सेकेन्डसहित रजत जित्यो ।
यता लुम्बिनी प्रदेशको सिमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुलसीराम थारु सम्मिलित टिमले ४४.३८ सेकेन्डको समय निकाल्दै कास्य जित्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण