शाओमीको अफर : ‘१२ दिन १२ टिभी’
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहारको अवसरमा आफ्ना ग्राहकहरूका लागि एक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा एमआई टीभी ४ एप्रो ३२ जित्ने मौका पाउनेछन् । जसको नाम ‘१२ दिन १२ टिभी’ अफर दिइएको छ ।
यसबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । तिहारको यो शुभ अवसरमा हाम्रा ग्राहकहरूका लागि लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । यस चाडपर्वको अवसर पारी ग्राहक वर्गमा उत्साह थप्न मी का फोन किन्न इच्छुकहरुका लागि मी को टिभी जित्ने अफर ल्याएका छौं ।”
अफर अन्तरगत लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्युआर कोड स्क्यान वा ३१००७ मा आईएमईआई नम्बर पठाउनु पर्नेछ । प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एमआई टीभी ४ एप्रो ३२ टिभी जित्ने मौका पाउनेछन् । यो अफर कार्तिक २ देखि कार्तिक १३ गते सम्म १२ दिन जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण