खोखोमा महिला पुरुष दुवैमा लुम्बिनी र आर्मी फाइनलमा
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टिम नेपाल आर्मी महिला पुरुष दुवै टिम फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको सेमिफाइनल खेलमा पुरुषतर्फ लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।
पोखरा रंगशालास्थित ह्यान्डल एकेडेमीमा भएको सेमिफाइनल खेलमा लुम्बिनीले २५–१६ अंकसहित बागमती प्रदेशलाई पराजित गरेको थियो । लुम्बिनीले फाइनलमा विभागीय टिम नेपाल आर्मीसँग भिड्नेछ । सेमिफाइनल अन्तर्गत बुधबार भएको पहिलो खेलमा विभागीय टिम आर्मीले प्रदेश नं १ लाई पराजित गर्दै फाइनल यात्रा निश्चित गरेको हो । सिंगल इनिङमा सकिएको खेलमा आर्मीले १९–२ अंकसहित जित निकालेको थियो ।

महिलातर्फ पनि लुम्बिनी प्रदेश र आर्मी नै फाइनलमा पुगेका छन् । ह्यान्डबल एकेडेमीमा भएको सेमिफाइनल अन्तर्गत पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीले सुदूरपश्चिमलाई १८–२ अंकसहित सिंगल इनिङमा जित निकालेको थियो ।
त्यस्तै, महिलातर्फ नै दोस्रो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई पराजित गर्दै फाइनल पुगेको छ । फाइनल यात्राका लागि लुम्बिनीले प्रदेश १ माथि २२–२ को फराकिलो जित निकालेको हो । महिलातर्फ लुम्बिनी र आर्मी भिड्नेछन् । राउन्ड रोबिनआधारमा असोज ३० गतेबाट सुरु भएको खोखो खेलको पदकका लागि बिहीबार भिड्नेछन् । प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण