६४ लागे सन्नी देओल, कति छ उनको सम्पत्ति ?
सन्नी देओल बलिउडका एक्सन हिरो हुन् । दमदार डाइलग मार्फत सबैको मन जित्न सफल उनी ‘गदर’, ‘इन्डियन’, ‘घायाल’, ‘घातक’, ‘बेताब’ जस्ता कयौं हिट फिल्म मार्फत लाखौको दिलमा बास गर्न सफल छन् । सन्नी आज बुधबारबाट ६४ वर्ष पुगेका छन् । आज परेको आफ्नो ६४ औं जन्मदिनको खुसी उनी आफन्तसँग साट्दैछन् ।
१९८२ मा फिल्म ‘बेताब’ बाट अभिनयमा डेब्यु गरेका उनले यो फिल्ममा अमृता सिंहसँग रोमान्स गरेका थिए । बलिउडमा उत्कृष्ट काम गरेपछि राजनीतिमा होमिएका उनले राजनीतिमा पनि प्रभुत्व जमाउन सफल भए । सन् २०१९ को आम चुनावमा भारतीय जनता पार्टीको टिकटमा गुरदासपुर लोकसभा सिट जितेर उनी सांसद बनेका छन् ।
एक फिल्मको ६ करोड
८० को दशकमा फिल्ममा प्रवेश गरेका उनी ९० को दशकमा करियरको उचाइमा थिए । त्यो समय उनी एक फिल्मका लागि ९० लाख रुपैयाँ लिन्थे । फिल्म बोर्डरका लागि पनि त्यही पारिश्रमिक लिएका थिए । योसँगै आजको समयमा उनको पारिश्रमिक ५ देखि ६ करोड पुगेको छ । सन्नी देओलले फिल्म ‘चुप’ का लागि ६ करोड लिएका थिए ।
करोडौंका मालिक
सन्नी करोडौंको सम्पत्तिका मालिक हुन् । २०१९ को चुनावमा उनले आफ्नो सम्पतिको जानकारी दिएका थिए । त्यतिबेला सन्नीले आफूसँग ६० करोड रुपैयाँको चल सम्पत्ति र २१ करोड रुपैयाँको अचल सम्पत्ति रहेको बताएका थिए । मिडिया रिपोर्टकाअनुसार अहिले अभिनेताको कुल सम्पत्ति १७ मिलियन डलर (१३३ करोड रुपैयाँ भारु) छ । उनले महिनामा एक करोड रुपैयाँ कमाउँछन् र उनी धेरै लक्जरी गाडीका मालिक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण