जसपाको प्रतिबद्धतापत्र : प्रत्यक्ष निर्वाचनबाट राष्ट्रपति र मुख्यमन्त्री चुनिने
जनता समाजवादी पार्टी नेपाल (जसपा) शासकीय स्वरुपमा जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री व्यवस्था गर्ने प्रतिवद्धतासहित चुनावमा जाने भएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि तयार पारेको प्रतिवद्धता पत्रमा जसपाले भनेको छ, ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यताअनुरुप संघमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने तथा प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरुमा त्यहाँका कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने ।’
संघीय संसद र प्रदेशसभाहरु पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिने पनि पार्टीको प्रतिबद्धता छ । जसपाले कुनैपनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्य समय कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । कार्यकारी राष्ट्रपतिले समावेशी रुपमा सक्षम व्यक्तिहरुको छनौट गरी मन्त्रिपरिषद् बनाउने र ती मन्त्रीहरु राजनीतिज्ञ र विशेषज्ञहरू मध्येबाट नियुक्त हुने जसपाले जनाएको छ ।
जसपाले खस समुदायका लागि पनि आत्मनिर्णयको अधिकारसहित स्वायत्त प्रदेश गठन गरी खस र आर्यको अलग राष्ट्रिय पहिचान स्थापित गरिनुपर्ने प्रतिवद्धता पत्रमा जनाएको छ । खसान प्रदेशका जनतालाई समान अवसरका साथै खस समुदायलाई राज्यको सबै निकायमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने जसपाले प्रतिवद्धता जनाएको छ ।
थारु समुदायलाई छुट्टै समुदायको रुपमा उनीहरुको राष्ट्रिय पहिचान र अधिकार प्रत्याभूति गराउने उल्लेख गर्दै जसपाले संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आत्मनिर्णयको अधिकार हुने प्रतिवद्धता पत्रमा जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण