नेकपा समाजवादी : १९ जना जिताउन २५०१ जनाको निर्वाचन परिचालन समिति
नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २५०१ जनाको केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालयसहित अध्यक्ष नेपालको नेतृत्वमा उक्त संख्याको निर्वाचन परिचालन समिति गठन गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
निर्वाचन परिचालन समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद् केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय परिषद्का पदाधिकारी एवं सदस्यहरु र पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरु एवं जनवर्गीय संगठनका पदाधिकारीहरु रहनेछन् । सचिवालयले निर्वाचन परिचालन तथा व्यवस्थापनका सम्बन्धमा तत्काल आवश्यक निर्णयहरु गर्ने तथा तत्तसम्बन्धमा सम्पादन गर्नुपर्ने कार्यहरु गर्ने छ ।
भुसाल नेतृत्वको निर्वाचन परिचालन केन्द्रीय सचिवालयमा नेताहरु गंगालाल तुलाधर, डा.बिजय पौडेल, विश्वनाथ प्याकुरेल,सावित्रा भुसाल, प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेल, विष्णु लम्साल , घनप्रसाद गौतम, मोहन गौतम, रमेशरञ्जन झा, उदय श्रेष्ठ, खेमराज पौडेल, सीताराम नेपाल, द्रोणाचार्य क्षेत्री, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, डा.विशाल भण्डारी सुदेश पराजुली र नितेश पौडेल रहेका छन् ।
आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभातर्फ १९ जना उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण