महेन्द्रनगर जग्गा घोटाला प्रकरण : ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार क्षेत्रको जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महेन्द्रनगर नगर विकास समितिका ३ जना तत्कालिन अध्यक्षसहित ३७ जना विरुद्ध बुधवार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले रातोपाटीलाई बताए ।
आयोगले २०७९ वैशाखमा ११ मा पनि सो जग्गा हिनामिना गरेको आरोपमा ६४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । महेन्द्रनगर बजार क्षेत्रको ६३८ बिगाहामध्ये ५७३ विगाहा जग्गा हिनामिना भएकोबारे अख्तियारले लामो समयदेखि छानविन गरिरहेको थियो ।
सरकारले २०३५ सालमा नगर विकास समितिलाई सो जग्गा व्यवस्थापन गर्न दिएपनि नगर विकास समितिका अध्यक्ष र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा अतिक्रण गरिएको आयोगको ठहर छ । आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू गोपाल रसाइली, पल्टु राना, पुष्कल चौधरी र सदस्य–सचिव चन्द्रप्रसाद चौधरीसहित ३७ जनालाई विपक्षी बनाएको छ ।
आरोपीहरुले सरकारी जग्गा बोर्ड बैठकको निर्णय बिना एकल तोक आदेशको भरमा व्यक्तिको नाममा उपलब्ध गराएको आयोगको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण