टाटा मोटर्सको विद्युतीय गाडीको आपूर्तिमा वृद्धि
टाटा मोटर्सको नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको माग नेपाली वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी गाडी हजारभन्दा बढी बुकिङ भएका छन् । यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तीन चरणमा आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ ।
नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटा भन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको जनाएको छ । यस किसिमको आपूर्तिमा वृद्धि हुँदा बुकिङ गरेर गाडी कुरिरहेका ग्राहकहरुले धेरै समयसम्म प्रतिक्षा गर्नुनपर्ने कम्पनीको भनाइ छ ।
यसैगरी फोर्ड इन्डिया प्रालिको सनंद प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता भएको छ । प्राविधिक रुपले समुन्नत यसको प्रति वर्ष ४ लाख २०,००० इकाई विद्युतीय गाडी उत्पादन गर्ने क्षमता हुनेछ । कम्पनीले यो प्लान्टमा आवश्यक लगानी यसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्लेटफर्म अनुरुप विकास गर्नेछ । टाटा मोटर्सले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्युतीय गाडी बजार ल्याउने तयारी गर्दैछ ।
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिङ्ग स्टेसन र १०० वटा स्लो चार्जिङ्ग स्टेसनको स्थापना गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण