पुरुष फुटबलको स्वर्ण एपीएफलाई
बिहीबार, ०३ कात्तिक २०७९, १७ : ५५
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विभागीय टोली एपीएफ क्लबले जितेको छ । बिहीबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै ६–५ ले हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।
पोखरा रंगशालामा निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीमा आर्मीका सेसेहाङ आङदेम्बे र सुमन अर्याल चुकेपछि एपीएफ च्याम्पियन बनेको हो । आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विवेक बस्नेत र विकास खवासले गोल गरे ।
पेनाल्टीमा एपीएफका नवीन लामा, आवास लामिछाने, सुदिप शिख्राकार, राजु योगी, दिपेश धिमाल र मणिकुमार लामाले गोल गरे । सनिस श्रेष्ठ भने पेनाल्टीमा चुके । महिला तर्फको स्वर्ण पदक पनि एपीएफले नै जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण