नवौं राष्ट्रिय खेलकुद : सात प्रदेशमध्ये गण्डकी पदक तालिकामा अगाडि
‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ आयोजित नवौं राष्ट्रिय खेलकुद शुक्रबार सकिएको छ । असोज २८ गते उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेको नवौं राष्ट्रिय खेलकुद बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा समापन गरेका हुन् ।
पोखरा रंगशालासहित प्रदेशका ८ जिल्लामा ३६ खेल ९६ इभेन्ट भएको थियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । आर्मी क्लबले १ सय ७२ स्वर्ण पदकसहित सर्वाधिक ३ सय ७१ पदक जितेको छ । ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरेको नवौं राष्ट्रिय खेलमा ३ सय ९७ स्वर्ण पदक लागि प्रतिस्पर्धा भएको थियो ।
सात प्रदेशमध्ये गण्डकी उत्कृष्ट
नवौं राष्ट्रिय खेलकुदमा विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडी सहभागी थिए । विभागीय टोली बाहेक सात प्रदेशमध्ये गण्डकीले उत्कृष्ट प्रदर्शन गरेको छ । ३९ वर्षपछि गण्डकीमा आयोजित प्रतियोगितामा घरेलु टोली गण्डकीले ऐतिहासिक प्रदर्शन गरेको हो । यसपटक गण्डकीले ३२ स्वर्णसहित १२० पदक जितेको छ । राष्ट्रिय खेलकुदको नवौं संस्करणसम्म गण्डकीले पहिलो पटक ३२ स्वर्ण जित्न सकेको हो ।
पहिलो संस्करण २०३८ मा गण्डकीले ८ स्वर्ण सहित २४ पदक जितेको थियो । दोस्रोमा २१ स्वर्ण, तेस्रोमा ७ स्वर्ण, चौथोमा १३, पाँचौंमा २०, छैटौंमा २७, सातौंमा ८, आठौंमा १२ स्वर्ण जितेको गण्डकीले नवौंमा ३२ स्वर्ण जितेको छ ।
गण्डकीले यसपटक आर्चरीमा सबैभन्दा बढी पदक जितेको छ ।
आर्चरीमा ७ स्वर्ण जितेको गण्डकीले आइटिएफ तेक्वान्दोमा ५, फुल कन्ट्याक्ट कराँतेमा ४, शारीरिक सुगठनमा ३, लङ टेनिसमा ३, प्याराग्लाइडिङमा ३, स्क्वासमा २, एथलेटिक्स, बास्केटबल, बक्सिङ, साइक्लिङ र ह्यान्डबलमा एक–एक स्वर्ण जित्न जितेको हो ।
राष्ट्रिय खेलकुदको नवौं संस्करणसम्म गण्डकीले जितेका स्वर्णसहित पदक तालिका
गण्डकीले स्वर्ण जितेका खेल :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण