शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एम्एडब्लुले नेपाली बजारमा ल्यायो सुविधा सम्पन्न बाइक आरवान १५ भी ४

शुक्रबार, ०४ कात्तिक २०७९, १० : ००
शुक्रबार, ०४ कात्तिक २०७९

 नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक रहेको एम्एडब्लु इन्टरप्राइजेजले सुविधासम्पन्न बाइक आरवान १५ भि ४ नेपाली बजारमा प्रवेश भित्र्याएको छ । बिहीबार पत्रकार सम्मेलन गरी आफ्नै ब्लू-स्क्वायर शोरूम, नक्सालमा कम्पनीले उक्त बाइक सार्वजानिक गरेको हो । आरवान १५ भि ४ नेपालमा ल्याइएको यामाहाको उत्कृष्ट मोटरसाइकलहरूमध्ये एक रहेको कम्पनीको दाबी छ । 
 
आर १५को चौथो जेनेरेशन भनिएको उक्त बाइक मूलतः ट्र्याक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको कम्पनीले बताएको छ । १५५ सिसि एफ्आई इन्जिनमा भिभिए राखी तयार पारिएको यस बाइकलाई नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ-कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू-लेभल सिट’ जस्ता विशेषताहरूले अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ ।
 
यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भिभिए’ जस्ता प्रणालीले आरवान १५ भि ५ १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ ।
 
यसका साथै वाइ कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र ईमेल अलर्टजस्ता नोटिफिकेशन पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ ।
 
बिहीबारदेखि नेपालभरिका यामाहा शोरुममा उपलब्ध हुने जनाइएको आरवान १५ भि ४  नीलो, कालो र रातोको मूल्य नेपाली बजारमा रु. क्रमशः ५, ७२, ९००/- र रु ५, ६२, ९००/- रहेको कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप