राष्ट्र बैंकले भन्यो– बजार महंगी ९ प्रतिशत पुगेको छैन
नेपाल राष्ट्र बैंकले बजार महंगी ९ प्रतिशत नपुगेको बताएको छ । शुक्रबार आर्थिक वर्ष २०७९÷८० को भदौ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत कायम रहेको जनाएको हो ।
यस्तो मुद्रास्फीति अघिल्लो वर्षको सोही महिनामा ३.४९ प्रतिशत मात्र रहेको थियो । दसैं तिहारजस्ता ठूला चाडपर्व अघिकै महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत रहेको बैंकले जनाएको छ ।
२०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत रहेको बैंकले जनाएको छ ।
समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरुको मूल्य केही बढेको बैंकले जनाएको छ । यद्यपि, यता बजारमा भने यस्तो उपभोग्य वस्तुको मूल्य २० प्रतिशत माथिले बढिसकेको उपभोक्ताहरूको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण