सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले भन्यो– बजार महंगी ९ प्रतिशत पुगेको छैन

शुक्रबार, ०४ कात्तिक २०७९, १२ : ५६
शुक्रबार, ०४ कात्तिक २०७९

नेपाल राष्ट्र बैंकले बजार महंगी ९ प्रतिशत नपुगेको बताएको छ । शुक्रबार आर्थिक वर्ष २०७९÷८० को भदौ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत कायम रहेको जनाएको हो । 

यस्तो मुद्रास्फीति अघिल्लो वर्षको सोही महिनामा ३.४९ प्रतिशत मात्र रहेको थियो । दसैं तिहारजस्ता ठूला चाडपर्व अघिकै महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत रहेको बैंकले जनाएको छ ।

२०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत रहेको बैंकले जनाएको छ ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरुको मूल्य केही बढेको बैंकले जनाएको छ ।  यद्यपि, यता बजारमा भने यस्तो उपभोग्य वस्तुको मूल्य २० प्रतिशत माथिले बढिसकेको उपभोक्ताहरूको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप