चर्काे बैंक ब्याजदरविरुद्ध भक्तपुरका व्यवसायीले बुझाए ज्ञापनपत्र
बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रुपमा चर्को ब्याजदर असुलेको भन्दै भक्तपुरका उद्यमी व्यवसायीहरु आन्दोलित भएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र पेश गर्दै व्यवसायीहरुले विरोध जनाएका हुन् । भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत संघ संस्थाहरुको उपस्थितिमा ज्ञापन पत्र पेश गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी (सिडियो) रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले चर्को ब्याजदरले उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।
बैंक तथा वित्तिय संस्थाले निक्षेपमा ब्याजदर बढाए पनि निक्षेप भने बढ्न नसकेको उद्योगी व्यवसायीको भनाई छ । निक्षेप बढ्न नसकेपनि ब्याजदर उच्च हुँदा यस अर्थतन्त्रमा गम्भिर नकारात्मक असर पारेको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
व्यवसायीले जिल्ला प्रशासनमा ४ बुँदे ध्यानकर्षण पत्र बुझाएका छन् । ब्याजदरको वर्तमान असर र विगतको अनुभव समेतलाई मनन गर्दै ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्नु पर्ने नीति अवलम्वनका लागि उद्योगी व्यवसायीले माग गरेका छन् । यसैगरी बैंक तथा वित्तिय संस्थाहरुले विद्यमान आधारदर तथा स्प्रेडदरलाई नै कायम गर्दै कर्जाको आधार दरमा समेत न्यूनतम प्रतिशत मात्रै प्रिमियम थप गर्ने व्यवस्था लागु गर्नुपर्ने माग व्यवसायीहरुले गरेका छन् ।
साथै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुँदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनु पर्ने तर्फ पनि व्यवसायीले सुझाव दिएका छन् । मुलुकको असहज परिस्थितिका कारण ऋणको सावाँ ब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रिय बैंकबाट पहल हुनुपर्ने माग समेत व्यवसायीहरुको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण