सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

शुक्रबार, ०४ कात्तिक २०७९, १८ : ०२
शुक्रबार, ०४ कात्तिक २०७९

सुर्खेतमा देउसी भैलोका लागि निश्चित मापदण्ड तोकिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै देउसी भैलो सञ्चालन गर्न अनुरोध गरेको हो ।

प्रशासनले तिहारको समयमा कानुन विपरीतका अवाञ्छित गतिविधि नहुने गरी मात्रै देउसी भैलो, नाचगान गर्न आग्रह समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले यो समयमा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न समेत आग्रह गरे । रिजालले सूचनाको अवज्ञा गरेको खण्डमा कानुन बमोजिम कारबाही हुने समेत उल्लेख गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप