शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही–२ : राजु गुरुङ उम्मेदवार बन्ने च्याप्टर क्लोज, के छ सर्वोच्चको आदेशमा ?

शुक्रबार, ०४ कात्तिक २०७९, १८ : १०
शुक्रबार, ०४ कात्तिक २०७९

सर्वोच्च अदालतले रुपन्देही २ मा राजु गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङले उम्मेदवारी कायम गरिपाऊँ भनि माग गर्दै दायर रिटमा यसअघि सर्वोच्चको अन्तरकालीन गरेको आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै निवेदकको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

योसँगै गुरुङले उम्मेदवारका लागि गरेको दौड सकिएको छ ।  रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका गुरुङले उम्मेदवारी दिएका थिए । तर, निर्वाचन अधिकृतको कार्यालयले उनी उम्मेदवार हुन अयोग्य भएको भन्दै उम्मेदवार हुन नपाउने आदेश दिएको हो । यद्यपि मुद्दाको अन्तिम किनारा पछि नै हुनेछ । 

निर्वाचन अधिकृतको कार्यालयको सो निर्णयविरुद्ध गुरुङ असोज २७ गते रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए । उनले रिट निवेदनमा कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू आवद्ध रहेको संस्था ‘नर्थ वेष्ट नेपाल इन्फ्रा प्रालि’ मात्र रहेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने जिकिर गरेका थिए । 

तर सर्वोच्चले गुरुङ दोषी देखिएको भन्दै आदेशमा भनेको छ ‘अतः कानुनद्वारा तोकिएको कालोसूचीमा नाम समावेश रहेको सम्बन्धि अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लेखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । तसर्थ यस अदालतबाट २०७९/६ /३० मा जारी भएको अल्पकालिन आदेशलाई निरन्तरता प्रदान गरिरहन परेन । अरु कानुन बमोजिम गर्नु ।’

सर्वोच्चको आदेश

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप