आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप : न्यूजिल्याण्डविरुद्ध अष्ट्रेलियाको ऐतिहासिक हार

शनिबार, ०५ कात्तिक २०७९, १७ : ३१
शनिबार, ०५ कात्तिक २०७९

टी–२० विश्वकप क्रिकेटमा आज न्युजिल्याण्डले अस्ट्रेलियालाई ८९ रनले पराजित गरेको छ । न्यूजिल्याण्डको टोलीले अष्ट्रेलियालाई २०१ रनको लक्ष्य दिएको थियो तर अष्ट्रेलियाको टोली १११ रनमा समेटियो ।

शानदार ब्याटिङ प्रदर्शनपछि उत्कृष्ट बलिङ गर्दै न्युजिल्याण्डको टोलीले १७ ओभर र एक बलमा अस्ट्रेलियाको सम्पूर्ण टोलीलाई प्याभिलियन पठाएको थियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २८ रन बनाए । कप्तान आरोन फिन्चले मात्र १३ रन बनाउन सके । टिम साउथी र मिचेल सेन्टनरले सर्वाधिक ३–३ विकेट लिए ।

यसअघि न्युजिल्याण्डका लागि डेभन कोनवेले ५८ बलमा नटआउट ९२ रन बनाए । सोही क्रममा फिन एलेनले १६ बलमा ४२ रन जोड्न सफल भए । जेम्स निशामले १३ बलमा अविजित २६ रन बनाए भने कप्तान केन विलियम्सनले २३ रनको योगदान दिए ।

टी–२० विश्वकपको इतिहासमा यो अष्ट्रेलियाको सबैभन्दा ठूलो हार हो । योसँगै न्युजिल्यान्डको टोलीले रनको हिसाबले सबैभन्दा ठूलो जित हात पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप