टी–२० विश्वकप : न्यूजिल्याण्डविरुद्ध अष्ट्रेलियाको ऐतिहासिक हार
टी–२० विश्वकप क्रिकेटमा आज न्युजिल्याण्डले अस्ट्रेलियालाई ८९ रनले पराजित गरेको छ । न्यूजिल्याण्डको टोलीले अष्ट्रेलियालाई २०१ रनको लक्ष्य दिएको थियो तर अष्ट्रेलियाको टोली १११ रनमा समेटियो ।
शानदार ब्याटिङ प्रदर्शनपछि उत्कृष्ट बलिङ गर्दै न्युजिल्याण्डको टोलीले १७ ओभर र एक बलमा अस्ट्रेलियाको सम्पूर्ण टोलीलाई प्याभिलियन पठाएको थियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २८ रन बनाए । कप्तान आरोन फिन्चले मात्र १३ रन बनाउन सके । टिम साउथी र मिचेल सेन्टनरले सर्वाधिक ३–३ विकेट लिए ।
यसअघि न्युजिल्याण्डका लागि डेभन कोनवेले ५८ बलमा नटआउट ९२ रन बनाए । सोही क्रममा फिन एलेनले १६ बलमा ४२ रन जोड्न सफल भए । जेम्स निशामले १३ बलमा अविजित २६ रन बनाए भने कप्तान केन विलियम्सनले २३ रनको योगदान दिए ।
टी–२० विश्वकपको इतिहासमा यो अष्ट्रेलियाको सबैभन्दा ठूलो हार हो । योसँगै न्युजिल्यान्डको टोलीले रनको हिसाबले सबैभन्दा ठूलो जित हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण