हेडस्कार्फ नलगाई रक क्लाइम्बिङ गरेकी रेकाबीलाई इरानले नजरबन्दमा राखेको दावी
हेडस्कार्फ नलगाई दक्षिण कोरियामा प्रतिस्पर्धा गरेर तेहरान फर्किएकी इरानी रक क्लाईम्बर एलनाज रेकाबीलाई घरमै नजरबन्द गरिएको समाचार आएको छ । एलनाज रेकाबीले गत साता दक्षिण कोरियामा हेडकार्फ नलगाई प्रतिस्पर्धा गरेर चर्चामा आएकी थिइन् । इरान सरकारले युवतीहरूलाई हेडस्काफ लगाउन अनिवार्य गरेको छ ।
गत महिना देशको कुख्यात धार्मिक प्रहरीले गलत तरिकाले हेडस्कार्फ लगाएको भन्दै पक्राउ गरेको महसा अमिनीको मृत्यु भएपछि राष्ट्रव्यापी विरोधको विषय बनेको छ । बीबीसी फारसीले स्रोतलाई उल्लेख गर्दै रेकाबीलाई सियोलम एसियन च्याम्पियनसिपबाट बुधबार फर्केपछि ‘जबर्जस्ती गल्ती स्वीकार्न’ दबाब दिइएको लेखेको छ ।
३३ वर्षीया रेकाबी तेहरान फर्किएपछि उनलाई स्वागत गर्नका समर्थकहरूको ठूलो भीड निस्किएको थियो । तर स्रोतले बीबीसी फारसीलाई उनी एयरपोर्टबाट घर नगएको बताएको छ । खेलकुद मन्त्री हमिद सज्जादीलाई उद्धृत गर्दै उनीहरूले भने, ‘उनले मन्त्रीलाई नभेटेसम्म उनलाई राष्ट्रिय ओलम्पिक एकेडेमीमा सादा पोशाकका अधिकारीहरूको निगरानीमा राखेका थिए ।’
बीबीसीका अनुसार रेकाबीलाई ‘गल्ती नस्वीकारे’ १० करोड रियाल (घ् २७६,०००) जफत गर्ने धम्की दिइएको थियो । । शुक्रबार, न्युयोर्कस्थित मानव अधिकार समूहले खेलकुद क्लाइम्बिङको अन्तर्राष्ट्रिय महासंघलाई रकाबीको सुरक्षाको लागि थप गर्न आह्वान गरेको थियो ।
सियोलमा प्रतियोगिताछि नै उनी साथीहरूबाट सम्पर्क विच्छेद भएछ उनको स्थितिलाई लिएर चिन्ता व्यक्त गरिएको थियो । समाचार वेबसाइट इरान वायरका अनुसार उनलाई खेललगतै इरानको पर्वतारोहण महासंघका प्रमुखले झुक्काएर सियोलस्थित इरानी दूतावासमा लगेका थिए । त्यहाँ उनलाई फोन र राहदानी दिएमा इरानमा सुरक्षित फर्किन सक्ने वाचा गरिएको थियो ।
तेहरान फर्केपछि, रेकाबीले खेलका क्रममा टाउकोको स्कार्फ गल्तीले चिप्लिएको भन्दै माफी मागेकी थिइन् । तर मानवअधिकारवादी समूहका अभियन्ताले उनले दबाबमा उक्त बयान दिएको बताएका थिए । मानवअधिकार समूह तथा अभियन्ताले इस्लामिक गणतन्त्रले मानिसहरुलाई टेलिभिजन वा सामाजिक संजालमा माफी माग्न लगाउने आरोप लगाउने गरेका छन् । –द गार्जियनबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
-
टेलर स्विफ्ट र फुटबलर ट्राभिस केल्सी विवाह बन्धनमा बाँधिए
-
एलिना र हिमाल सागरको गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक
-
घानालाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण