वीरेन्द्रनगरमा आज गठबन्धनको संयुक्त भेला हुँदै
आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लोकतान्त्रिक बाम–गठबन्धनको संयुक्त भेलाको आयोजना गरिएको छ । उक्त भेलामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको उपस्थिती रहने भएको छ ।
दिउँसो २ बजेबाट वीरेन्द्रनगरको शुभ होटलमा सुरु हुने भेलामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी केन्द्र) का अध्यक्ष माधव कुमार नेपालसहित अन्य शीर्षस्थ नेताहरुको उपस्थिति रहने छ ।
नेपाली कांग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीले भेलामा कर्णालीका प्रत्येक जिल्लाहरूबाट उम्मेदवार तथा प्रत्येक दलबाट निश्चित नेताहरुको सहभागिता रहने बताए । उनका अनुसार उक्त टोली सुरुमा सुदूरपश्चिमको राजधानी धनगढी पुगेर दिउँसो १ बजे मात्रै वीरेन्द्रनगर आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण