तेस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै सीले भने–विश्वलाई चीन आवश्यक छ
आइतबार, ०६ कात्तिक २०७९, १२ : ५४
चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार बिहान पार्टीको केन्द्रीय समितिले अर्को पाँच वर्षे कार्यकालका लागि महासचिवमा निर्वाचित गरेपछि तेस्रो कार्यकालको पदभार ग्रहण गरेका छन् ।
बेइजिङको ग्रेट हल अफ द पिपुलमा आफ्नो छोटो विजयी भाषणमा सीले ‘विश्वलाई चीन चाहिन्छ’ भन्ने जोड दिँदै लगनशीलताका साथ काम गर्ने वाचा गरे । ‘विश्वविना चीनको विकास हुन सक्दैन र विश्वलाई पनि चीनको आवश्यकता छ,’ उनले अघि भने, ‘सुधार र खुलापनका लागि ४० वर्षभन्दा बढी निरन्तर प्रयासपछि हामीले दुईवटा चमत्कार बनाएका छौँ– द्रुत आर्थिक विकास र दीर्घकालीन सामाजिक स्थिरता ।’
राष्ट्रपति सीले चिनियाँ राष्ट्रको कायाकल्प हासिल गर्ने वाचा गरे । ताइवानलाई विलय गर्न पनि याे लक्ष्य आवश्यक रहेकाे उनकाे भनाइ थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण