चीनले विश्वका लागि आफ्नो ढोका थप फराकिलो बनाउनेछ : सी
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी जिनपिङले चीन बाँकी विश्वका थप खुला रहने बताएका छन् । आइतबार नव गठित केन्द्रीय समितिको पहिलो बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
‘हामी सुधारलाई सघन बनाउन, सबै क्षेत्रमा खुला रहन र उच्च गुणस्तरीय विकास हासिल गर्न दृढ रहनेछौँ,’ ग्रेट हल अफ द पिपुलमा भएको पत्रकार भेटघाटमा सीले भने । त्यस अवसरमा सीले समृद्ध चीनले विश्वका लागि धेरै अवसरहरू सिर्जना गर्ने बताए ।
‘जसरी विश्वबाट अलग भएर चीनले विकास गर्न सक्दैन, त्यसरी नै विश्वलाई आफ्नो विकासका लागि चीनको आवश्यकता छ,’ सीले भने । ४० वर्षभन्दा बढीको अथक सुधार र खुलापनमार्फत चीनले ‘द्रुत आर्थिक वृद्धि’ र ‘दीगो सामाजिक स्थिरता’ नामका दुई चमत्कारहरू सिर्जना गरेको पनि सीले बताए ।
चिनियाँ अर्थतन्त्रमा विशाल लचिलोपन र सम्भावना रहेको बताउँदै सीले भने ,‘यसका बलियो आधारभूत कुराहरू परिवर्तन हुनेछैन, र यो लामो समयसम्म सकारात्मक दिशामा रहनेछ ।’-सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण