बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

केपी ओली झुट र भ्रमको खेती गर्ने महानायक हुन् : बानियाँ

आइतबार, ०६ कात्तिक २०७९, १५ : ४८
आइतबार, ०६ कात्तिक २०७९

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले झुठ र भ्रमको राजनीति गरिरहेको भन्दै आलोचना गरेका छन् । मकवानपुर–२ (ख) को सत्ता  गठबन्धन तर्फका प्रदेशसभा तर्फको उम्मेदवारसमेत रहेका बानियाँले आइतबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले झुठ र भ्रमको राजनीति गर्दै संविधान र संघीयता मास्न लागि परेको बताए ।

वर्तमान व्यवस्था ढाल्नको लागि केपी ओलीले दुई–दुई पटकसम्म संसद विघटन गरेको स्मरण गर्दै बानियाँले अब जनताले तीनलाई विश्वास गर्न नसक्ने उनको भनाई छ । उनले एमाले नेता र नीति ठिक नभएको पार्टी भएको भन्दै सो पार्टीले मुलुकलाई निकास दिन नसक्ने दावी गरे ।

‘ओलीको पार्टीले जितेमा मुलुकको विकास हुन नसक्ने देखेपछि जनताको अवस्था परिवर्तन गर्न लोकतान्त्रिक बाम गठबन्धन बनेको छ, यो गठबन्धनदेखि ओली अत्तालिएका छन् ।’ बानियाँले भने– ‘गठबन्धनदेखि आत्तिएका ओलीले जनता मार्ने कमल थापा र देश टुक्रयाउन लागिपर्ने सिके राउत जस्ताको पार्टीसँग मिलेर गठबन्धन गरिरहेका छन् । केपी ओली झुट र भ्रमको खेती गर्ने महानायक हुन् ।’

स्थानीय तहको निर्वाचनमा भएको कमी कमजोरीलाई भुलेर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । उनले अबको यात्रा व्यवस्था परिवर्तन गर्नतर्फ भन्दापनि जनताको अवस्था परिवर्तन तर्फ केन्द्रीत हुनुपर्ने बताए ।

एमाले अध्यक्ष ओलीले जनताको सेवामा लाग्नुपर्ने बेलामा व्यवस्था भएन भन्दै संसद् विघटन गर्ने र जनतालाई फेरि दुःख दिने काम गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप