महेन्द्र शाहीको चुनावी प्रतिबद्धता : एक वर्षभित्रै सुनथराली विमानस्थल सञ्चालनदेखि केबलकार निर्माणसम्म
कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगामी मंसिर ४ गने हुने स्थानीय तहको निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । कालिकोटको विकासका लागि पाँचवर्षे मार्गचित्र भनेर प्रतिबद्धताहरू सार्वजनिक गरेका हुन् ।
कालिकोटबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शाहीले निर्वाचित भएको पहिलो वर्षमै सुनथराली विमानस्थल सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाएका छन् । उक्त विमानस्थलमा यसअघि ०७३ सालमै परीक्षण उडान गरिसकिएको छ । तर अहिलेसम्म सञ्चालनमा आउन सकिरहेको छैन । पूर्व मुख्यमन्त्री शाहीले आफ्नो पहिलो प्रतिबद्धता विमानस्थल सञ्चालनमा ल्याउने छ भने दोस्रोमा गाउँ–गाउँसम्म सडक सञ्जाल पुर्याउने छ ।
यस्तै सबै बस्तीमा विद्युतीकरण गर्नेदेखि ठाउँ–ठाउँमा मोटरेबल पुल निर्माण गरिने उनले उल्लेख गरेका छन् । साथै उनले प्रत्येक पालिकामा १५ शैयाको अस्पताल बनाउन पहल गरिने समेत बताएका छन् । यस्तै विकट क्षेत्रमा फाइवर इन्टरनेट पुर्याउने, आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाउन पहल गर्ने र मान्म–कोटवाडा केबलकार निर्माण गरिने शाहीको प्रतिबद्धतामा उल्लेख छ ।
साथै घरघरमा रोजगारीको अवसर सिर्जना गरिने पनि उनले बताएका छन् । माओवादीका प्रभावशाली नेता शाही कालिकोटबाट गठबन्धनका साझा उम्मेदवार हुन् । उनले नेकपा एमालेका नागेन्द्र शाही ‘नेशनल’ सँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । यद्यपि उनको विरुद्धमा माओवादीकै काशिचन्द्र बराल पनि चुनावी मैदानमा छन् । बराल यसअघि रास्कोट नगरपालिकाको प्रमुख भएर पाँचवर्ष कार्यकाल चलाइसकेका व्यक्ति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण