शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

छुरी हमलामा परेका रुस्दीको एउटा हात र आँखाले काम गर्दैन

सोमबार, ०७ कात्तिक २०७९, १० : १५
सोमबार, ०७ कात्तिक २०७९

अगस्टमा न्युयोर्कमा छुरा हमलामा परेका विश्व प्रसिद्ध लेखक सलमान रुस्दीले एउटा आँखाको दृष्टि गुमाएका उनका एजेन्टले बताएका छन् । सलमानले एउटा हात पनि नचल्ने भएको छ । ‘उनको छातीमा १५ भन्दा बढी घाउहरू छन्’ न्युयोर्कमा रहेका उनले एजेन्टले स्पेनको एल पेस पत्रिकालाई भने ‘त्यो क्रूर हमला थियो । ’ 

एल पेससँगको अन्तर्वार्तामा वाइलीले भने, ‘उनले एउटा आँखाको दृष्टि गुमाएका छन् । उनको घाँटीमा तीनवटा गम्भीर घाउहरू थिए। उनको हातको नसा काटिएको कारण एउटा हात चल्दैन । अहिले रुस्दी कहाँ छन् भन्ने बारेमा पनि उनले केही खुलाएका छैनन् । सन् १९८८ को विवादास्पद उपन्यास सटानिक भर्सेसका कारण उनको हत्या गर्ने धम्की आएको छ । कतिपय मुस्लिमहरूले उनको पुस्तकले ईश निन्दा गरेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप