चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होइन : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले चुनाव जित्नका लागि मात्र गठबन्धन नबनेको प्रष्ट पारेका छन् । सत्ता गठबन्धनको लमही–३ मा संयुक्त कार्यालय उद्घाटन गर्दै मन्त्री चौधरीले नेपालको इतिहासमा बामलोकतान्त्रिक दल एकै ठाउँमा उभिने विरलै आउने अवसर प्राप्त भएको बताउँदै भने, ‘राजा महेन्द्रले जननिर्वाचित विपि कोइरालाको सरकार कु गरेपछि दलहरू एक ठाउँमा आउने क्रम सुरु भएको हो । बहुदलीय व्यवस्था ल्याउने जन चाहनाका कारण ०४६ सालमा पनि हामी एक भयौँ । त्यसपछि ०६२÷६३ सालमा फेरि हामीहरू एक ठाउँमा आइपुग्यौँ । केपी ओलीको निरङ्कुशता र स्वेच्छाचारिता उत्कर्षमा पुगेपछि, नयाँ संविधानमाथि उनले धावा बोलेपछि फेरि एक पटक हामीहरू एक ढिक्का भएका छौँ । त्यस कारण सबैले बुझ्न जरुरी छ कि चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होइन ।’
एमालेले गठबन्धनका विरुद्ध विष बमन गरिरहेको बताउँदै मन्त्री चौधरीले जनता अब संविधान जोगाउन, मुलुकलाई स्थिरतातर्फ लैजान गठबन्धनका पक्षमा उभिन थालेपछि एमालेहरू आत्तिन थालेको मन्त्री चौधरीको भनाई थियो । उक्त कार्यक्रममा प्रदेश सभाका उम्मेदवार अनुराग खड्का र समानुपातिक उम्मेदवार लक्ष्मी चौधरीले समेत गठबन्धनका पक्षमा मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट ‘अवैध’ तरिकाले ल्याइएको माओवादीको आरोप
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा