चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होइन : मन्त्री चौधरी
सहरी विकास मन्त्री मेटमणि चौधरीले चुनाव जित्नका लागि मात्र गठबन्धन नबनेको प्रष्ट पारेका छन् । सत्ता गठबन्धनको लमही–३ मा संयुक्त कार्यालय उद्घाटन गर्दै मन्त्री चौधरीले नेपालको इतिहासमा बामलोकतान्त्रिक दल एकै ठाउँमा उभिने विरलै आउने अवसर प्राप्त भएको बताउँदै भने, ‘राजा महेन्द्रले जननिर्वाचित विपि कोइरालाको सरकार कु गरेपछि दलहरू एक ठाउँमा आउने क्रम सुरु भएको हो । बहुदलीय व्यवस्था ल्याउने जन चाहनाका कारण ०४६ सालमा पनि हामी एक भयौँ । त्यसपछि ०६२÷६३ सालमा फेरि हामीहरू एक ठाउँमा आइपुग्यौँ । केपी ओलीको निरङ्कुशता र स्वेच्छाचारिता उत्कर्षमा पुगेपछि, नयाँ संविधानमाथि उनले धावा बोलेपछि फेरि एक पटक हामीहरू एक ढिक्का भएका छौँ । त्यस कारण सबैले बुझ्न जरुरी छ कि चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होइन ।’
एमालेले गठबन्धनका विरुद्ध विष बमन गरिरहेको बताउँदै मन्त्री चौधरीले जनता अब संविधान जोगाउन, मुलुकलाई स्थिरतातर्फ लैजान गठबन्धनका पक्षमा उभिन थालेपछि एमालेहरू आत्तिन थालेको मन्त्री चौधरीको भनाई थियो । उक्त कार्यक्रममा प्रदेश सभाका उम्मेदवार अनुराग खड्का र समानुपातिक उम्मेदवार लक्ष्मी चौधरीले समेत गठबन्धनका पक्षमा मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण