पोखरामा बिवाइडीको सोरुम, एटो ३ सार्वजनिक
पोखरामा विद्युतीय कार कम्पनी बिवाइडीको सुविधासम्पन्न सोरुम सञ्चालनमा आएको छ । सोरुम सञ्चालनसँगै एक साताअघि मात्र नेपाल प्रवेश गरेको बिवाइडीको एटो ३ कार पनि सार्वजनिक गरिएको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले बिवाईडीको सोरुम उद्घाटन गरेका हुन् । सोही अवसरमा मन्त्री खड्कासहित नेपाल अटोमोबाइल्स डिलर एशोसिएसनका अध्यक्ष ध्रुव थापा, नेपालका लागि बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बिवाइडीको एटो ३ लाई पोखरेली अटोपारखी माझ सार्वजनिक गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले विद्युतीय गाडी प्रवर्धनमा प्रदेश सरकार सधैँ लागि रहेको बताउँदै इभीका लागि आवश्यक पूर्वाधार निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने बताए । पोखरा पर्यटकीय र वातावरणमैत्री सहर भएकाले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको हुनाले निजी क्षेत्रलाई सधैँ सहयोग गर्न सरकार रहेको मन्त्री खड्काले बताए ।
नाडाका अध्यक्ष ध्रुव थापाले विश्वको नम्बर एक कम्पनी बिवाइडीको कार पोखराको सहरमा आउनु सुखद भएको बताए । साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले वातावरणका लागि आवश्यक विद्युतीय गाडीका लागि सरकारले गम्भीर भएर सोच्नुपर्ने बताइन् । साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले एटो ३ को विशेषता र सुविधाका बारेमा जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण