बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हास्यव्यङ्ग्य कार्यक्रम आलुपार्टी सम्पन्न

सोमबार, ०७ कात्तिक २०७९, १४ : ३२
सोमबार, ०७ कात्तिक २०७९

समाजमा व्याप्त विकृति, विसंगतिविरुद्ध सांकेतिक व्यंग्य प्रहार गर्दै हास्य व्यंग्यकारको जमघटका बीच आलु पार्टी सम्पन्न भएको छ । आलु पार्टीका संस्थापक वरिष्ठ हास्य व्यंग्यकार रामकुमार पाण्डे निवास (पाण्डे प्यारडाइज ) जावलाखेलमा खोर्सानीको धुप लगाइ शंख ध्वनीका साथ जोगीको फेरी लगाउँदै सुरु गरिएको आलु पाटीमा समसामयिक विषय र वस्तु स्थितिप्रति व्यंग्य गरिएको थियो ।

कार्यक्रममा हास्य कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ ले भट्ट्याउँदै देउँसी– भैलोको शैलीमा ‘लौ –खा’ भन्दै भ्रष्टाचारीको सांकेतिक प्रतिकमा जुत्ताको तलुवाले हिर्काउँदै फरक शैलीबाट तलुवा चटाएका थिए ।

वि.सं २०३४ सालदेखि निरन्तर फरक शैलीमा काग तिहारका दिन मनाइने आलुपाटी ४५ वर्षदेखि चल्दै आएको छ । विगत केही वर्षदेखि आजकै दिनलाई हास्य-व्यङ्ग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । आलु महिमा सुनाउँदै पाँडेले आलुको दामसँगै बेथितिको चाङ बढेकोले व्यङ्ग्यलाई सुन्ने, बुझ्ने र बुझाउने अभियानको आवश्यकता माथि जोड दिए ।

कार्यक्रममा शैलेन्द्र सिंखडा, दीपाश्री निरौला, शिरोमणि दवाडी, डा.बमबहादुर जिताली, बिष्णु तिवारी, घनश्याम गौतम, कोमल ओली, रितु कँडेल, मनोज आचार्य, अजय अधिकारी सुशील डम्बर घिमिरे, कार्टुनिष्टहरू अविन, रविन र अशोकमान लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा व्यङ्ग र प्रस्तुतिका आधारमा प्रस्तोताहरूलाई सांकेतिक रुपमा विभिन्न दर्जाका आलु उपाधिले सम्मान गरिएको थियो । कलाकार शैलेन्द्र सिंखडाले नेताहरु विदेशीको गुलाम भएको बिषयमा तिखो ब्यङ्ग प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप