हास्यव्यङ्ग्य कार्यक्रम आलुपार्टी सम्पन्न
समाजमा व्याप्त विकृति, विसंगतिविरुद्ध सांकेतिक व्यंग्य प्रहार गर्दै हास्य व्यंग्यकारको जमघटका बीच आलु पार्टी सम्पन्न भएको छ । आलु पार्टीका संस्थापक वरिष्ठ हास्य व्यंग्यकार रामकुमार पाण्डे निवास (पाण्डे प्यारडाइज ) जावलाखेलमा खोर्सानीको धुप लगाइ शंख ध्वनीका साथ जोगीको फेरी लगाउँदै सुरु गरिएको आलु पाटीमा समसामयिक विषय र वस्तु स्थितिप्रति व्यंग्य गरिएको थियो ।
कार्यक्रममा हास्य कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ ले भट्ट्याउँदै देउँसी– भैलोको शैलीमा ‘लौ –खा’ भन्दै भ्रष्टाचारीको सांकेतिक प्रतिकमा जुत्ताको तलुवाले हिर्काउँदै फरक शैलीबाट तलुवा चटाएका थिए ।
वि.सं २०३४ सालदेखि निरन्तर फरक शैलीमा काग तिहारका दिन मनाइने आलुपाटी ४५ वर्षदेखि चल्दै आएको छ । विगत केही वर्षदेखि आजकै दिनलाई हास्य-व्यङ्ग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । आलु महिमा सुनाउँदै पाँडेले आलुको दामसँगै बेथितिको चाङ बढेकोले व्यङ्ग्यलाई सुन्ने, बुझ्ने र बुझाउने अभियानको आवश्यकता माथि जोड दिए ।
कार्यक्रममा शैलेन्द्र सिंखडा, दीपाश्री निरौला, शिरोमणि दवाडी, डा.बमबहादुर जिताली, बिष्णु तिवारी, घनश्याम गौतम, कोमल ओली, रितु कँडेल, मनोज आचार्य, अजय अधिकारी सुशील डम्बर घिमिरे, कार्टुनिष्टहरू अविन, रविन र अशोकमान लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा व्यङ्ग र प्रस्तुतिका आधारमा प्रस्तोताहरूलाई सांकेतिक रुपमा विभिन्न दर्जाका आलु उपाधिले सम्मान गरिएको थियो । कलाकार शैलेन्द्र सिंखडाले नेताहरु विदेशीको गुलाम भएको बिषयमा तिखो ब्यङ्ग प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण