विमला केसीको नेतृत्वमा प्रदेशस्तरीय निर्वाचन परिचालन अनुगमन समिति गठन
सोमबार, ०७ कात्तिक २०७९, १६ : २८
कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय निर्वाचन परिचालन अनुगमन समिति गठन गरिएको छ। नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीको नेतृत्वमा नौ सदस्यीय कमिटी गठन गरिएको हो ।
समितिमा कांग्रेसमा महामन्त्री कृष्ण रोकाया, निरञ्जन केसी, समाजवादीका ठगेन्द्र प्रकाश पुरी, कृष्णबहादुर बिसी, माओवादीका प्रदेश सचिव धनजित बहादुर शाही रहेका छन् ।
यस्तै राष्ट्रिय जनमोर्चामा पूर्णबहादुर शाही रहेका छन्। उक्त समितिले गठबन्धनका पक्षमा जनमत तयार गर्नका लागि समन्वयकारी भूमिका निर्वाह गर्नेछ । साथै गठबन्धनलाई जिताउनका‌ लागि सहजीकरण, अनुगमन लगायतका विषयमा समन्वय गर्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण