शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालाजु आगलागी : दीपावली गरेको दीयोबाट सल्कियो आगो

मङ्गलबार, ०८ कात्तिक २०७९, ०९ : १८
मङ्गलबार, ०८ कात्तिक २०७९

बालाजुको लोलाङ हाइटमा सोमबार साँझ आगलागी भयो । बेम्बो नियाशा सुज फ्याक्ट्रिमा लक्ष्मी पूजा गर्दा बालेर छाडेको दीयोबाट आगो सल्किएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । 

बेम्बो नियाशा सुज फ्याक्ट्रि लिला बहादुर कार्कीले संचालन गरेका हुन् । उनका छोरा सविन कार्की दिपावली गरेपछि कार्यालय बन्द गरेर घरमा पूजा गर्न हिँडेका थिए । घरमा नपुग्दै आगोको झिल्को देखेपछि अफिस खोल्दा आगोमा परेर उनको हातमा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । 

जुत्ता कारखानाबाट सल्केको आगोका कारण सो घरमा संचालित गोरखाली रेष्टुरेण्ट र मोटरसाइकल वर्कशपमा क्षति पुगेको छ । सुरक्षाकर्मीले ४ वटा दमकल र आधा दर्जन ट्यांकरको सहायताले आगो नियन्त्रणमा लिएका थिए ।
 
अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने–‘दिपावली गरेर घरमा पूजा गर्न जाँदा दीयाेबोट आगो सल्किएर दुर्घटना भएको देखियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप