बालाजु आगलागी : दीपावली गरेको दीयोबाट सल्कियो आगो
बालाजुको लोलाङ हाइटमा सोमबार साँझ आगलागी भयो । बेम्बो नियाशा सुज फ्याक्ट्रिमा लक्ष्मी पूजा गर्दा बालेर छाडेको दीयोबाट आगो सल्किएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
बेम्बो नियाशा सुज फ्याक्ट्रि लिला बहादुर कार्कीले संचालन गरेका हुन् । उनका छोरा सविन कार्की दिपावली गरेपछि कार्यालय बन्द गरेर घरमा पूजा गर्न हिँडेका थिए । घरमा नपुग्दै आगोको झिल्को देखेपछि अफिस खोल्दा आगोमा परेर उनको हातमा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।
जुत्ता कारखानाबाट सल्केको आगोका कारण सो घरमा संचालित गोरखाली रेष्टुरेण्ट र मोटरसाइकल वर्कशपमा क्षति पुगेको छ । सुरक्षाकर्मीले ४ वटा दमकल र आधा दर्जन ट्यांकरको सहायताले आगो नियन्त्रणमा लिएका थिए ।
अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने–‘दिपावली गरेर घरमा पूजा गर्न जाँदा दीयाेबोट आगो सल्किएर दुर्घटना भएको देखियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण