पाकिस्तानी सेनाका आलोचक पत्रकार केन्यामा मारिए
देशको शक्तिशाली सेनाको आलोचकका रूपमा चिनिएका पाकिस्तानका एक चर्चित पत्रकारको केन्यामा हत्या भएको छ । पाकिस्तान छाडेको दुई महिनामा नै उनको हत्या भएको हो । अर्शद शरिफकी पत्नी जाभेरिया सिद्धिकीले ट्वीट गर्दै उनको हत्या भएको जानकारी दिएकी छिन् ।
उनीमाथि देशद्रोहसहितका मुद्दा लगाएपछि पक्राउ पर्नबाट जोगिन ४९ वर्षीय पत्रकारले गत अगस्तमा मात्र पाकिस्तान छाडेका थिए । पूर्व प्रधानमन्त्री इमरानका खानका सहयोगी शहबाज गिलसँगको अन्तरवार्तामा गिलले सेनाविरुद्ध कथितरुपमा आपत्तिजनक टिप्पणी गरेको आरोप लगाइएको थियो ।
आफ्नो ज्यानविरुद्ध खतरा रहेको बताउँदै उनी दुबई पुगेका थिए भने त्यसपछि उनी केन्या पुगेका थिए । उनले आठ वर्ष काम गरेको एआरवाईले गत अगस्तमा उनलाई देशविरोधी सामग्री प्रशारण गरेको आरोप लगाउँदै हटाएको थियो ।
पाकिस्तानको विदेश मन्त्रालयले शरिफको निधनप्रति दुःख व्यक्त गरेको छ । केन्याको मिडियाले प्रहरीले अर्के व्यक्ति ठानेर शरिफमाथि गोली चलाएको बताएको छ । यसबारे थप अनुसन्धान गरिने प्रहरीको भनाई छ ।
अल जजिरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण