प्रधानमन्त्री भएपछि ऋषि सुनकको पहिलो सम्बोधन : भने–लिज ट्रसबाट भएका गल्तीहरू सुधार्छौँ
बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका नवनियुक्त नेता ऋषि सुनकले बकिङ्घम दरबारमा राजा चाल्स तृतीयसँग भेटपछि औपचारिक रूपमा प्रधानमन्त्री बनेका छन् । त्यसपछि सुनक बेलायतको प्रधानमन्त्री आवास टेन डाउनिङ स्ट्रिट पुगेका थिए । त्यहाँबाट उनले प्रधानमन्त्रीका रूपमा देशलाई पहिलो सम्बोधन गरे ।
सम्बोधनको सुरुवातमा सुनकले आफूले राजालाई भेट्न आएको र उनले आफूलाई नयाँ सरकार बनाउन आग्रह गरेको सुनाएका थिए । ‘तपाईँहरूलाई थाहा छ, हाम्रो अर्थतन्त्र अहिले कठिन चरणबाट गुज्रिरहेको छ । कोभिडका कारण पहिलेदेखि नै समस्या थियो, पुटिनले युक्रेनमा आक्रमण गरेर स्थितिमा थप खराब बनाइदिए । पूर्वप्रधानमन्त्री लिज ट्रस स्थिति सुधार्न चाहन्थिन्, तर उनले यसतर्फ अथक प्रयास पनि गरिन् तर गल्ती भए । अब हामी तिनलाई सुधार्नेछौँ , ’ सम्बोधनका क्रममा सुनकले भने ।
सुनकले सम्बोधनमा थप अगाडि भने ,‘ म यो देशलाई फेरि एकताबद्ध गर्नेछु । यो मैले भनेको मात्र होइन, गरेर देखाउनेछु । दिनरात तपाईँहरूको लागि काम गर्नेछु ... स्वास्थ्य, सीमा सुरक्षा र सशस्त्र बलका लागि काम गरिनेछ । आज हाम्रा सामु धेरै चुनौती छन् । वित्त मन्त्रीका रूपमा मैले सुरु गरेका कामलाई निरन्तरता दिनेछु । देशका जनताको हितलाई राजनीतिभन्दा माथि राख्नुपर्छ । तपाईको गुमेको आत्मविश्वास फिर्ता हुनेछ । बाटो कठिन छ, तर हामी तय गर्नेछौं । ’
सुनकले ब्रिटिस राजासँग भेट्नुअघि पूर्वप्रधानमन्त्री लिज ट्रसले राजदरबार पुगेर राजा चाल्र्स तृतीयलाई भेटेर राजीनामा बुझाएकी थिइन् । उनले अन्तिम पटक प्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री निवासबाट देशका नाममा सम्बोधन समेत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण