वनभोज खान गएका एकजनाको मृत्यु, एक बेपत्ता
मङ्गलबार, ०८ कात्तिक २०७९, २० : १७
भेरी नदीको किनारमा वनभोज खान गएका एक युवकको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
वनभोज खान गएका भेरी नगरपालिका–४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए । भेरी नगरपालिका–३ का २६ वर्षीय विक्रान्त केसी भेरीमा बेपत्ता भएका छन् । नदीमा डुबेका वीरेन्द्र शाहीको भने जीवितै उद्धार गरिएको निरौलाले बताए ।
खड्का र केसी डुबेपछि उनीहरुलाई बचाउन गएका शाही बगेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । तिहारको अवसरमा केही दिन अघि सदरमुकाम खलङ्गामा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । खसी बाजी जितेका युवाहरुले आज भेरी नगरपालिका–११ मटेलास्थित भेरी किनारमा वनभोज आयोजना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण