सक्रिय पत्रकारिताबाट राजनीतिमा होमिए धिताल
वरिष्ठ पत्रकार मनऋषि धिताल क्रियाशिल राजनीतिमा होमिएका छन् । गृह जिल्ला जुम्ला पुगेर धितालले आफू सक्रिय पत्रकारितालाई छोडेर क्रियाशिल राजनीतिमा होमिएको जानकारी दिए।
मंगलबार नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना गरेको स्वागत तथा पत्रकार भेटघाटमा पत्रकार महासंघको सदस्यता पनि राजनीतिमा हुँदासम्म नवीकरण नगर्ने प्रतिवद्धता उनले जनाए । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माका जनसम्पर्क सल्लाहकार समेत रहेका धितालले राजनीतिमा रहुञ्जेल आफूले माक्सवादी ज्ञान केन्द्रको आजीवन सदस्यता लिने बताए । उनले माक्सवादी शिक्षाको निरन्तर विद्यार्थी बन्ने चाहाना रहेको सुनाए ।
आफूले काठमाडौं शाखाबाट नेपाल पत्रकार महासंघको साधारण सदस्यता लिएको र अव राजनीतिमा प्रवेश गरिसकेपछि लेखकको भुमिका रहने उनले जनाए । उनले आफू गृह जिल्ला जुम्लाबाटै पूर्णकालिन राजनीतिक जीवन बिताउने घोषणा पनि गरे।
धितालको अवको आफ्नो यात्रा ४ वटा विषयमा केन्द्रीत हुने जानकारी दिए। माक्सवादी शिक्षामा थप जोड, मातृभूमिको समृद्धि तथा विकास, प्रेस स्वतन्त्रता र प्रवासी नेपालीको विषयमा जोड दिने प्रतिवद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण